• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पृथ्वी माविले आफ्नै बनायो राष्ट्रपति रनिङ शिल्ड

पृथ्वी माविले आफ्नै बनायो राष्ट्रपति रनिङ शिल्ड


समायोजन खबर
  • सोमबार, माघ १४ २०८१

  • पृथ्वी माविलाई शिल्ड हस्तान्तरण गर्नुहुंदै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लगायत।

    समायोजन खबर खोटाङ, लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी भएपछि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले रनिङ शिल्ड आफ्नै बनाएको छ।

    केपिलासगढी गाउँपालिकाले गत माघ ११ गतेदेखि पृथ्वी माविको प्राङगणमा आयोजना गरेको तेश्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेश्रो पटक पनि विजयी भएपछि पृथ्वी माविले शिल्ड पच गरेको हो।
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौ संशोधन २०८० अनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो शिल्ड सधैका लागि राख्न पाउने छन्।

    सोमबार सम्पन्न प्रतियोगितामा कराते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी मावि प्रथम भएको थियो। ८ स्वर्ण, ३ रजत, १ कास्य ल्याएर शुक्रजित मावि दोश्रो र ३ स्वर्ण, ६ रजत, १ कास्य ल्याएर जालपा मावि बाक्सिला तेश्रो भएको गाउँपालिकाले जनाएको छ।

    प्रतियोगितामा एथलेटिक्सतर्फ जालपा माविका छात्रा अस्मिता खत्री, शुक्रजित माविका छात्र सन्देश विक तथा भलिबलतर्फ शुक्रजित माविका छात्रा दिविशा राई र कुहुडाँडा माविका छात्र निशान राई उत्कृष्ट खेलाडी घोषित भए।
    विजयी खेलाडीहरुलाई केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौ धन राई लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा ९ वटा विद्यालयले सहभागिता जनाएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology