• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस चौतारीको अध्यक्षमा ठटाल

प्रेस चौतारीको अध्यक्षमा ठटाल


समायोजन खबर
  • आइतबार, माघ १३ २०८१

  • राजन ठटाल

    समायोजन खबर खोटाङ, प्रेस चौतारी जिल्ला शाखा खोटाङको अध्यक्षमा राजन ठटाल सर्वसहमत चयन भएका छन्।

    दिक्तेलस्थित होटल शुभदिनमा आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका ठटाल सर्वसहमत चयन भएका हुन्।

    ठटालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ। चौतारीको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सह–सचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन्।
    टिवन राई, प्रमेश ढकाल, भुवन कटुवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ सदस्यमा चयन भएको प्रेस चौतारीले जनाएको छ। अध्यक्ष ठटाल इफोकस न्युजका सञ्चालक, एभिन्युज टेलिभिजन र हिमशिखर टेलिभिजनका जिल्ला संवाददाता हुन्।

    अधिवेशनकै अवसरमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीके, पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्ष दमन राई र कोशी प्रदेश परिषद सदस्य केदार मगरलाई दोसल्ला ओढाई सम्मान पत्र दिएर सम्मान गरिएको छ।

    अधिवेशनको नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले उदघाटन गरेका थिए। उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, उषाकला राई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवंम् कोशी प्रदेश सह–इन्चार्ज हरिबोल आचार्य, नेकपा एमाले जिल्ला अध्यक्ष देबविक्रम राई, कोशी प्रदेश समिति सचिवालय सदस्य विणादेबी राई, कोशी प्रदेश लेखा समिति सचिव ओमप्रकाश घिमिरे,वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघका उपाध्यक्ष चिसाङ शेर्पा, प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाई, प्रेस सेन्टरका अध्यक्ष सविना परियार लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology