• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनकोशी नदिमाथि अस्थाई बेलिब्रिज सञ्चालन

सुनकोशी नदिमाथि अस्थाई बेलिब्रिज सञ्चालन


समायोजन खबर
  • शनिबार, पौस २७ २०८१

  • बेलिब्रिज उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ, खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमा अस्थाई बेलिब्रिज सञ्चालनमा आएको छ।

    खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने आर्क डिजाइनको पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि, बगाएको पुल नजिकै अस्थाई बेलिब्रिज सञ्चालनमा आएको हो।
    संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरको १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले बेलिब्रिज जडान गरेको हो। यहि प्रालिले जेठमा कोशीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलेर स्टोर गर्नेछ।

    सुनकोशी नदिमा रहेको पहिलाकै ५० मिटरको बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याईएको हो। अस्थाई बेलिब्रिजको पुस २७ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेका छन्।

    बाढीले पक्की पुल गाएपछि खोटाङबाट सिधै छोटो दुरीमा तराई जाने यातायात सेवा सोही दिनदेखि बिच्छेद भएको थियो। तर, अब भने करीव ६ महिनाका लागि सगरमाथा राजमार्गको महुरे, रसुवाघाट, फोक्सिङटार हुँदै सिधै तराईको यात्रा गर्न सकिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology