समायोजन खबर खोटाङ, सुमो दुर्घट्नामा गम्भीर घाईते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ।
काठमाण्डौबाट फेदीतर्फ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीस्थित तापखोलाको राटीमा बुधबार अपरान्ह ३ बजे दुर्घट्ना हुँदा गम्भीर घाईते भएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते राईलाई केपिलासगढी गाउँपालिकाको एम्बुलेन्सले जिल्ला अस्पताल उपचारमा ल्याएको थियो। तर, उपचारको क्रममा राईको साँझ ७ बजेर ५३ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक राईको शवलाई पोष्टमार्टम गृहमा राखिएको छ।
बाक्सिलातर्फ जाँदै गर्दा टायरमा बाँसको भाटा अडकिएको र गाडी रोकेर चालकले भाटा निकाल्ने क्रममा अचानक गाडी ब्याग सरी सडकबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घट्ना भएको थियो। चालक प्रहरी नियन्त्रणमा छ। सुमोमा चालक र मृतक राई मात्रै सवार थिए। दुर्घट्नाबाट सुमोमा पूर्ण क्षति पुगेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology