• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बोल्न र सुन्न सक्नेले,बोल्नै नसक्ने र कान नसुन्ने भन्दै चन्दा माग्दा पक्राउ

बोल्न र सुन्न सक्नेले,बोल्नै नसक्ने र कान नसुन्ने भन्दै चन्दा माग्दा पक्राउ


समायोजन खबर
  • सोमबार, मंसिर १७ २०८१

  • पक्राउ परेका अजय राम चमार र जितेन्दर राम चमार।

    समायोजन खबर खोटाङ, बोल्न र कान सुन्न सक्ने तर, बोल्नै नसक्ने र कान नसुन्ने भन्दै चन्दा माग्दै हिडीरहेका दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

    सहिद लखन गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय मनकामना गोरखाको आर्थिक सहयोग गरी दिने भनि लेखिएको पत्रमा दीपेन्द्र कुमार शर्मा र सन्तोष कुमार शर्मा नाम उल्लेख गरिएका दुई जनालाई ऐसेलुखर्क गाउँपालिकाको विभिन्न स्थानमा चन्दा माग्दै हिड्ने क्रममा सोमबार पक्राउ गरेको हो।

    निजद्धयको क्रियाकलाप संकास्पद लागेपछि सोधपुछ गर्दा बास्तविक नामथर बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढिमाईका १९ वर्षीय अजय राम चमार र सोही स्थानका १९ वर्षीय जितेन्दर राम चमार रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी,प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

    सहिद लखन गाउँपालिकामा जम्मा ९ वडा रहेछ । उनीहरुको आर्थिक सहयोगको पत्रमा ११ नम्बर वडा लेखिएको छ त्यही गल्ती भटियो। प्रहरी निरीक्षक पोखरेलले भने, पत्रमा उनीहरु जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको छ। तर, उनीहरु मजाले बोल्ने र सुन्ने क्षमताका छन्।

    सहिद लखन गाउँपालिका–११ ले आर्थिक सहयोगका लागि भनि दिएको पत्रमा वडाध्यक्षले मंसिर १० गते(हस्ताक्षर)सिफारिस दिएको देखिन्छ। तर, वडाध्यक्षको नाम उल्लेख छैन  अचम्म त उनीहरु दुबैले २०८१ मंसिर ८ गतेदेखि २०८१ चैत १४ गतेसम्म घुम्न पाउने र त्यसपछि मान्यता नहुने भनिएको छ।

    पक्राउ परेका दुबैजना विरुद्ध चन्दा ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरुको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र १७ हजार ७६० रुपैयाँ रकम बरामद गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology