समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले १९ जना पाठेघर खसेका महिलाहरुको पाठेघरको सफल शल्यक्रिया गरिदिएको छ।
गाउँपालिकाको आयोजना, बनेपाको शिर मेमोरियल अस्पतालको आर्थिक,प्राविधिक सहयोग तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको समन्वयमा उनीहरुको शल्यक्रिया गरिदिएको हो।
गाउँपालिकाको पहल, अस्पतालको आर्थिक र प्राविधिक सहयोग तथा प्रतिष्ठानको समन्वयमा गाउँपालिकाबाट बस रिजर्भ गरेर ३३ जना महिला अस्पताल पु¥याइएकोमा १९ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी राम प्रसाद आचार्यले जानकारी दिनुभयो। आचार्यका अनुसार सोमबार ६ जना र मंगलबार १३ जनाको पाठेघरको शल्यक्रिया गरिएको हो।
अन्य १४ जनामध्येमा एकजनाको मुटुको समस्या भएको, दुईजनामा सुगरको समस्या देखिएको, एकजनामा रक्तचापको समस्या देखिएको र अन्यको सेकेण्ड डिग्री पाठेघर खसेकाले औषधि उपचार गराएर घर फकाईएको छ।
गाउँपालिकाले मंसिर २ गते सूचना जारी गरेर पाठेघर खसेका महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा चेकजाँच गराई स्वास्थ्यकर्मीबाट शल्यक्रियाका लागि सिफारिस गरी माग्न आग्रह गरेको थियो।
शल्यक्रियामा जाने महिलाहरुलाई मंसिर ७ गते गाडी रिर्जभ गरेर साँझमा अस्पताल पु¥याईएको थियो।
विरामीको कुरुवाको यातायात खर्च र शल्यक्रिया गर्नुपर्ने महिलाहरुका लागि भोजन र आवासको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। “गाउँपालिका महिलाहरुको समस्याको समाधानमा छौ। जति सक्छौ गर्छौ, गर्ने प्रयास गरिरहने र्छौ।” अध्यक्ष राईले भन्नुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology