समायोजन खबर खोटाङ, मिर्गौला रोगी बालक दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ११ वर्षीय राजन मुग्रातीलाई आर्थिक सहयोग गरिएको छ। जिल्लाका युवाहरुले चलाएको दशै तिहार चेलीलाई उपहार अभियानमा निस्वार्थ जुटेको १ लाख १६ हजार ३० रुपैयाँमध्ये खर्च गरेर बाँकी रहेको १० हजार १५५ रुपैयाँ सहयोग गरिएको हो।
उक्त रकम दशै तिहार चेलीलाई उपहारका अभियन्ता सन्जयकुमार राईले कात्र्तिक २६ गते साँझ याम्खास्थित घरैमा पुगेर राजन र उनको आमा चन्द्रकुमारीलाई हस्तान्तरण गरेका हुन्। अन्य सहयोग जुटाउन पनि सहयोग गरिने अभियन्ता राईले बताउनुभयो।
५/६ वर्षदेखि बिरामी पर्दै पछिल्लो समय सिकिस्त भएका राजनलाई कात्र्तिक २१ गते दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचारमा लैजादा बायाँपट्टिको मृर्गौलामा खराबी देखिएको र सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको आमा चन्द्रकुमारीले बताईन।
उक्त अस्पतालले बालकलाई कात्र्तिक २१ गते नै कान्तिबाल अस्पताल काठमाण्डौ रिफर गरेको भए पनि आर्थिक अभावका कारण अहिलेसम्म अस्पताल लान नसकिएको आमा चन्द्रकुमारी बताउँछिन्।
श्रीमान बितेको तीनवर्ष भयो। नानीलाई सुविधा सम्पन्न अस्पताल लैजान खर्च खोजेको तीन दिन भयो, पैसा पाएको छैन। आमा चन्द्रकुमारीले भनिन्,“सबैले सहयोग गरेर मेरो नानी बचाईदिनुहोला ।” राजन महेन्द्रोदय माविमा कक्षा–५ मा अध्ययन गर्छन्। चन्द्रकुमारीको तीनजना छोराहरु छन्।राजन कान्छो छोरा हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology