समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दिर परिसरमा बेवारिसे बिरामी पुरुषलाई उपचारमा पठाईएको छ।
विगत ५/६ महिना अघिदेखि मन्दिर आसपास मागी खादै आईरहेको सोलुखुम्बु जिल्ला घर बताउने अन्दाजी ६३ वर्षीय पेम्बा शेर्पा नाम बताउने मानिसलाई शनिबार मिसन अस्पताल ओखलढुंगा उपचारमा पठाईएको हो
५/६ दिन अगाडीदेखि बिरामी रहेका शेर्पालाई वडा कार्यालय महादेवस्थान, इलाका प्रहरी कार्यालय हलेसी र मिसन अस्पतालको समन्वयमा निको भईन्जेलसम्म उपचार गर्नेगरी उपचारमा पठाईएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। शेर्पालाई आजै आकस्मिक कक्षमा भर्ना गरिएको छ।
निशुल्क हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समा हालेर हलेसी मन्दिर गुठी व्यवस्थापन समितिका कर्मचारी दीपक परियार र अशोक परियारको साथमा शेर्पालाई अस्पताल पु¥याईएको हो। उनी निको नभएसम्म अस्पतालमा दीपक र अशोकले हेरचाज गर्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology