समायोजन खबर खोटाङ, खोटाङमा गतवर्षको तुलनामा यो वर्षको तिहारमा विधुत उच्च खपत भएको छ। विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार लक्ष्मी पूजाका दिन जिल्लाभर गरेर २५८० किलोवाट विधुत खपत भएको छ।
गतवर्षको लक्ष्मीपूजामा जिल्लाभरी गरेर २३१० किलोवाट मात्रै विधुत खपत भएको थियो।
प्राधिकरण प्रमुख ईन्जिनियर सोवित बहादुर क्षेत्रीका अनुसार यसवर्षको लक्ष्मीपूजामा बुइपा सब–स्टेशनबाट १९०० किलोवाट विधुत खपत भएको छ । गतवर्षको लक्ष्मीपूजामा १७०० किलोवाट मात्रै विधुत खपत भएको थियो। अन्य समयमा बुइपा सब–स्टेशनबाट १५०० किलोवाट मात्रै विधुत खपत हुने गरेको छ।
बागेढुंगा सव–स्टेशनबाट यसवर्षको लक्ष्मीपूजामा ६८० किलोवाट विधुत खपत भएको छ। गतवर्षको लक्ष्मीपूजामा ६१० किलोवाट विधुत खपत भएको थियो। यो सब–स्टेशनबाट अन्य समयमा औषतमा दैनिक ५०० किलोवाट विधुत खपत हुँदै आएको छ।
विधुत विस्तारको काम तीव्र रुपमा अघि बढाए पनि बसाईसराई र कम खपत गर्ने विधुतीय सामग्रीहरुको वढ्दो प्रयोगले अपेक्षाकृत विधुत खपत बृद्धि नभएको प्राधिकरण प्रमुख क्षेत्रीको भनाई छ।
गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले विभिन्न स्थानमा ५४ वटा ट्रान्सफर्मर थपेको थियो। तर, विधुत खपत भने बढ्न सकेको छैन। जिल्लाभर २७ हजार ५७७ जना ग्राहक रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology