• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मात्तिम वडा कार्यालयमा तालाबन्दी, विना निस्कर्ष उठ्यो वार्ता टोली

मात्तिम वडा कार्यालयमा तालाबन्दी, विना निस्कर्ष उठ्यो वार्ता टोली


समायोजन खबर
  • बिहिबार, कार्तिक ८ २०८१

  • समायोजन खबर खोटाङ,खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाईएको ताला खुलाउन बसेको वार्ता टोली विना निस्कर्ष उठेको छ।

    बिहीबार गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई र सर्वदलीय, सर्वपक्षीय भेलाका संयोजक पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईसहित पाँच राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबीच भएको तीन घण्टा लामो वार्ता विना निष्कर्ष उठेको हो।

    वडाध्यक्ष अर्जुनकुमार कट्वाल अमेरिकाबाट नौ महिना बित्दा पनि वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको थियो।

    वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका छिरेका थिए। वडाध्यक्षको पद रिक्तको प्रक्रिया अगाडी नबढेसम्म ताला नखोलिने पूर्ववडाध्यक्ष भट्टराईले बताए।

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष नहुँदा वडामा जनतालाई दिईने सम्पूर्ण सेवा सुविधादेखि विकास निर्माण लगायत सम्पूर्ण कार्यमा अवरोध पुगिरहेको छ। वडाध्यक्षको विरोधमा स्वयंम माओवादी पार्टी पनि संलग्न छन्।
    वडाध्यक्ष नफर्केको विषयमा यसअघि निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा निकासका लागि अनुरोध गरिसकिएको छ।

    वडाध्यक्ष कट्वालले ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए । नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएको कार्यवाहक वडाध्यक्षले दिएको सिफारिश मान्य नहुने भन्दै फर्काइदिएको थियो । त्यसपछि वडाध्यक्ष कट्वालले वडा सदस्य खड्कालाई अवधि तोकेर पुनः बैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए।

    सो अवधि सकिएपछि खड्कालाई दुईपटक दिएको कार्यवहाकको समय सकिएको छ । पुनः २०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले सोही दिनदेखि लागू हुनेगरी उनै ज्येष्ठ सदस्य खड्कालाई एक महिना म्याद थप गरेर कार्यबहाकको जिम्मेवारी दिएको छ।  वडाध्यक्ष कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए। त्यसबेला चार वडा सदस्यलाई १५/१५ दिनको कार्यबाहकको जिम्मेवारी दिएका थिए।
    यो पनि,वडाध्यक्ष अमेरिकाबाट नफर्केपछि वडा कार्यालयमा तालाबन्दी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology