• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ


समायोजन खबर
  • शुक्रबार, कार्तिक २ २०८१

  • जिल्ला प्रहरी कार्यालय भवन।

    समायोजन खबर खोटाङ, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा साविक बासपानी गाविस–७,हाल केपिलासगढी गाउँपालिका–३ बासपानीका ४१ वर्षीय सोमराज राई छन्।

    असोज १६ गते सुनसरीको धरान उपमहानगरपालिका–११ धरानस्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा सोमराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए।

    पक्राउ परेका सोमराजलाई बिहीबार जिल्ला अदालत खोटाङमा पेश गराएर कैद भुक्तानका लागि सोही दिन जिल्ला कारागार पठाईएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका सोमराजले जाहेरवाला रामशंकर राईको १९ वर्षीय छोरा पूर्णबहादुर राईलाई २०५७ पुस १४ गते कर्तव्य गरी मारेका थिए। रामशंकरको जाहेरीका आधारमा जिल्ला अदालत खोटाङले २०५८ माघ २ गते सोमराजविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सुनाएको थियो। तर,उनी फरार थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology