• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भाईको खुकुरी प्रहारबाट दाई घाइते,पिङबाट लड्दा एक घाईते

भाईको खुकुरी प्रहारबाट दाई घाइते,पिङबाट लड्दा एक घाईते


समायोजन खबर
  • शनिबार, असोज २६ २०८१

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा आफ्नै भाईको खुकुरी प्रहारबाट दाई घाईते भएका छन्। शनिबार बिहान ११ः३० बजेको समयमा २० वर्षीय महेश राईको खुकुरी प्रहारबाट उनका दाई २६ वर्षीय चन्द्र कुमार राई घाईते भएका हुन्।

    मादक पदार्थ सेवन गरी भाई महेशले दाई चन्द्र कुमारलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएपछि साँझ ६ बजे उनलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारमा ल्याईएको थियो।

    घट्नाका सम्बन्धमा अस्पतालमा खटिएको प्रहरीमाफर्त जिल्ला प्रहरी कार्यालयमा जानकारी हुनसाथ प्रहरी चौकी रतन्छाबाट प्रहरी सहायक निरीक्षक विष्णु विकको कमाण्डमा प्रहरी टोली घट्नास्थलमा खटेका छन् । घाईतेको अवस्था बोल्न सक्ने रहेको छ।

    उता, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क लालबौद्धका ५५ वर्षीय गणेश तामाङ रोटेपिङबाट लडेर घाइते भएका छन्। शनिबार अपरान्ह ५ः३० बजे बढारेमा लगाईएको रोटेपिङ खेल्ने क्रममा लडि घाईते भएका हुन्।

    पिङबाट लडेका तामाङको तत्काल हातखुट्टा नचलेको, बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology