समायोजन खबर खोटाङ, खोटाङको प्रदेश ‘ख’ मा नेपाली कांग्रेसबाट निर्वाचित भुपेन्द्र राई कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। कांग्रेसको प्रदेश महामन्त्रीसमेत रहेका राईले अब कोशी प्रदेश सरकारमा नेतृत्व गर्ने छन्।
कोशीमा राई भौतिक पूर्वाधार विकास मन्त्री बन्दा कांग्रेसकै खगेन सिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र भूमि प्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।
कांग्रेसका मन्त्रीहरुलाई शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा सपथ ग्रहण गराएका छन्। सपथ ग्रहणपछि चारैजना नवनियुक्तमन्त्रीले आजै पदभार ग्रहण गरेका छन्।
को हुन् भुपेन्द्र राई
प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई २ हजार १४० मतले हराउँर्दै विजयी भएका थिए।
२०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा जन्मिएका राईले प्रदेशसभा सदस्य निर्वाचनमा १६ हजार ४९६ मत प्राप्त गरेका थिए।
राई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र प्रदेश कार्य समितिका महामन्त्री हुन् । राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मत ल्याई कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरवाट इतिहास विषयमा स्नातकोत्तर गरेका राईले इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान हाँसिल गरेका थिए। राईले महालेखापरीक्षकलाई पालिकाको केन्द्रमै पुगेर लेखापरीक्षण गराउने थिति बसाले।
राईकै पहलमा गाउँपालिका र प्रदेश सरकारको वजेटमा याम्खा र खाल्लेको साप्सुखोलाको बाटोफेदीमा मोटरेबल पुल दुई वर्षमा निर्माण भयो। पुल बनेपछि दक्षिणी भेगका जनताको यात्रा मात्रै छोटिएन सधैलाई प्राकृतिक नाबाबन्दी तोडियो।
१ सय ७६ मिटर अग्लो धिप्लुङ झरनाको सौन्दर्यकरण गर्ने काममा राई मरिमेटेर लागे। राईको पहल र खबरदारीले गर्दा प्रदेश र संघीय सरकारले समेत झरनाको पहिचान गरी स्तरोन्नती र सौन्दर्यकरण गर्न बजेट विनियोजन गरेका छन्। गाउँपालिकाको प्रशासनिक पक्की भवनको काम पनि राईकै खबरदारीले निर्माणको अन्तिम चरणमा पुगेको हो।
कोरोनाको दोश्रो लहरमा संक्रमित भई होम आईसोलेसनमा बस्दा स्वासप्रस्वासमा गम्भीर समस्या देखिएर ढलेका १८ संक्रमितको ज्यान बचाएका थिए। कोरोनाका बिरामीलाई आफूले प्रयोग गर्ने गाडीमा राखी आँफै गाडी हाँकेर तथा पिठ्युमै बोकेर समयमै अस्पताल पु¥याएर ज्यान बचाएका थिए।
मानववस्ती बसेदेखी नै खानेपानीको चरम समस्या झेल्दै आएका लिच्कीराम्चे कालापानीका स्थानीयलाई उनै राईले सुनकोशीको पानी लिफ्टिङ गरेर घरघरमा पु¥याईदिए। जीवनको उपल्लो समयसम्म घरआँगनमा पानी नदेखेका त्यहाँका ६२ घरधुरीले यतिवेला तिनै राईको पहलमा आएको पानी उपभोग गर्न पाएका छन्।
तराईसँग सिधा जोड्ने लाइफलाइन फोक्सिङटारको मोटरेबल पुल र डिकुवाको बाईटार र उदयपुरको चिपटार जोड्ने झोलुङगे पुल राईको सबैभन्दा धेरै खबरदारीपछि बनेको हो। निर्माणको अन्तिम चरणमा आएर रोकिएको जिल्ला अस्पतालको भवन निर्माणको काम राईकै खबरदारीमा पुनः सुरु भएको छ। प्रदेशको भौतिक मन्त्री बनेका राईलाई विकासप्रेमी र जनताको दुख देख्ने नेताका रुपमा चिन्ने गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology