समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङमा जबर्जस्ती करणी मुद्दाका सबैभन्दा धेरै कैदीबन्दी रहेका छन्। कारागारमा रहेका कुल कैदीबन्दी मध्येमा जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी धेरै रहेका हुन्।
कारागारमा जबर्जस्ती करणी मुद्दामा ५३ जना पुरुषले कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ। जबर्जस्ती करणी उधोग मुद्दामा सात जना पुरुषले कैद भुक्तान गरिरहेका छन्। हाडनाता जबर्जस्ती करणी मुद्दामा १५ जना पुरुष, कर्तव्य ज्यान मुद्दामा ३६ जना पुरुष, नागरिकता किर्ते ठगी मुद्दामा आठ जना पुरुष, बैंकिङ सम्बन्धी कसुर मुद्दामा एकजना महिला र तीनजना पुरुष तथा सवारी ज्यान मुद्दामा एकजना महिला र पाँच जना पुरुषले कैद भुक्तान गरिरहेका छन्।
लागू औषध हिरोइन र गाँजा मुद्दामा तीन जना पुरुष, खुन डाँका मुद्दामा तीन जना पुरुष, सार्वजनिक स्थलमा अभद्र व्यवहार मुद्दामा पाँच जना पुरुषले कैद भुक्तान गरिरहेका छन्।
६६ जना पुरुष र ३३ जना महिला गरी ९९ जना अटाउने क्षमता भएको कारागारमा १५७ जना पुरुष र तीन जना महिला गरी १६० जना कैदीबन्दी छन्। उनीहरुले विभिन्न प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology