समायोजन खबर खोटाङ, विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ। सूचना जारी गरेर मिटर रिडिङ गरेको ६० औं दिनसम्म महशुल नतिर्ने ग्राहकहरुको भदौ १२ गतेबाट लाइन काट्न सुरु गरेको जनाएको छ।
लाइन काट्न सुरु गरेको पहिलो दिन पाँच ग्राहकको लाइन काटिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख, ईन्जिनियर शोवित बहादुर क्षेत्रीले बताए। ती पाँच ग्राहकबाट १० हजार ९६४ रुपैयाँ महशुल उठाउनुपर्नेछ। पाँचमध्ये एकजना ग्राहकको लाईन जोडेर ४ हजार १९० रुपैयाँ महशुल संकलन गरिएको छ।
मिटर रिडिङ गरेको ६० औं दिनसम्म महशुल नतिर्ने र ५०० रुपैयाँ भन्दा बढी महशुल तिर्न बाँकी २ हजार ३१४ ग्राहक रहेका छन्। उनीहरुबाट ७९ लाख महशुल उठाउनुपर्ने प्रमुख क्षेत्रीले बताए।
वितरण तथा ग्राहक सेवा निर्देशनालयको निर्देशन अनुसार लाईन काटन सुरु गरिएको प्राधिकरणले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology