समायोजन खबर खोटाङ, लोक दोहोरी गायिका बालिका तामाङको तिज गीत ‘जुत्ता भिजायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका तामाङको शब्द तथा आरेम सुनारको सँगीत रहेको ‘जुत्ता भिजायो’ बोलको तिज गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो।
अञ्जना बस्नेतले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा वर्षा बस्नेत, आयुष्मा रायमाझी, ओसिन सुनार र आराध्य गोतामेको अभिनय छ। म्युजिक भिडियोमा हिन्दु महिलाहरुको महान चाड तिजमा साथीसङ्गी भेट हुँदा एक अर्काको भावनाहरु गीतको माध्यमबाट प्रस्तुत गरेको पर्दामा देख्न सकिन्छ।
गायिका तामाङ र लक्ष्मी बिसीको स्वरमा सजिएको तिज गीतको म्युजिक भिडियो विष्णु बेल्बासेले छायाङ्कन गर्नुभएको जनाइएको छ। म्युजिक भिडियोको सम्पादन र कलरिङ अनिश खड्का र सुनिल विश्वकर्माले गर्नुभएको हो।
सोनिक एच डि सामाखुसीमा रेकर्ड गरिएको तिज गीत ‘जुत्ता भिजायो’ आरेम सुनार अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ। मकवानपुरमा जन्मिएर चितवनमा बस्दै आउनुभएकी गायिका तामाङको ‘कलधारा पानीको’, ‘आत्महत्या’, ‘सालैजो’, ‘गोर्खाली वीर’, ‘भन्देउ भगवान’, ‘चेलीमाइती’, ‘मेरो बाबा’ लगायत तीन दर्जन बढी गीत सार्वजनिक भइसकेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology