समायोजन खबर खोटाङ, खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका १ कुडुलेस्थित सुनकोशी नदीमा खस्दा गाडीमा सवार चारमध्ये तीनजना बेपत्ता भएका छन्।
शनिबार अपरान्ह ५:३० बजे गाडी आफै अनियन्त्रित भई सुनकोशी नदीमा खस्दा गाडीमा सवार भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपति प्रहरी सम्पर्कमा आएका छन्। उनको पाता, कुहिने र टाउकोमा चोट लागेको छ। उनलाई उपचारमा खुर्कोटतर्फ पठाईएको छ।
बेपत्ता हुनेमा भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय चालक अबिन बाके, गाडीमा सवार सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र त्यही ठाउँका ३७ वर्षीय बलराम घटुवा रहेका छन्।
बेपत्ताहरुको प्रहरी चौकी ग्वालटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको ४ जना, जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटेको १३ जना र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटेको १० जनाले खोजी गरिरहेको प्रहरी चौकी ग्वालटारले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology