समायोजन खबर खोटाङ, नाबालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरी सुन्तलाबोटेका नरेश भनिने ३२ वर्षीय शुसिल खत्री पक्राउ परेका हुन्।
नाबालिकालाई विभिन्न किसिमको लोभ लालच देखाई प्रलोभनमा पारी ललाई फकाई लगी गत बैशाख २५ गते जबर्जस्ती करणी गरेर फरार रहेका खत्रीलाई साउन २१ गते इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट खटेको प्रहरीले गाउँघरमै लुकिछिपी बसिरहेको अवस्था पक्राउ गरेका हुन्।
पक्राउ परेका खत्री विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी पुरुषोत्तम खड्काले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology