• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मध्ये बर्खामा चट्याङको वितण्डा,लाखौको क्षति

मध्ये बर्खामा चट्याङको वितण्डा,लाखौको क्षति


समायोजन खबर
  • शुक्रबार, साउन १८ २०८१

  • दिक्तेलस्थित पूरानो बैंकचोकका छत्रकुमार वजिमयको घरमा चट्याङबाट क्षति भएको टिभी,इन्डक्सन चुलो लगायत।

    समायोजन खबर खोटाङ, मध्ये बर्खामा पानीसँगै पर्ने चट्याङले सबैलाई त्रसित बनाईरहेको छ। विहीबार साँझ पानी र हावाहुरीसँगै परेको चट्याङले दिक्तेलबजारको पूरानो बैंक चोकका दर्जनबढी घरमा क्षति पु¥याउँदा करीव १३ लाख क्षति अनुमान गरिएको छ।

    चट्याङले पूरानो बैंकचोकका छत्रकुमार वजिमयको ७८ हजारको टिभी, ५ हजार ८०० को इन्डक्सन चुलो, २ हजार २०० को टेलिफोन सेट, १ हजारको बल्ब, सन्तोष वजिमयको ७५ हजारको टिभी, ३ हजार ७१० को नेट राउटर, ५ हजारको टेलिफोन सेट, २ हजारको डिसहोम र ६०० को विजुली बत्ती क्षति गरेको छ।

    स्थानीय लिला वजिमयको ७५ हजारको टिभी, २ हजार ७०० को बत्ती, ३ हजार ७१० को राउटर, २ हजारको डिसहोम, ४ हजार २०० को तार, राजकुमारी वजिमयको ५० हजारको टिभी, ३ हजार ७१० को राउटर, २ हजारको डिसहोम, ५०० को बत्ती, राजकुमार शाहको ३७ हजारको मोवाईल, ९ हजारको इन्भटर, ५ हजार ७०० को डिसहोम र राउटरमा क्षति गरेको छ।

    यस्तै, चट्याङबाट श्याम वजिमयको ९० हजार बराबरको क्षति भएको छ। प्रेम वजिमय, कुमार वजिमय, तोर्ण वजिमय, छत्रबहादुर वजिमयको घरमा चट्याङले क्षति गरेको छ।

    नेपाल टेलिकमले राम्रो अर्थिङ नराख्दा पूरानो बैंकचोक आसपास चट्याङले बढी क्षति गरेको स्थानीय छत्रकुमार वजिमयले बताए। टेलिकमले तत्काल राम्रो अर्थिङ राख्नुपर्ने उनको माग छ। अर्थिङ राम्रो भएमा ५०० मिटर वरपर चट्याङबाट सुरक्षित हुने वजिमयको भनाई छ।

    चट्याङकै कारण खार्मीमा २५ केभीए, निर्मलीडाँडा र टेम्मामा ५०/५० केभीए र च्यास्मिटारमा २५ केभीए ट्रान्सफर्मरमा क्षति पुग्दा गाउँघर अन्धकार भएको छ। खार्मीमा ट्रान्सफर्मर बदली भईरहेकाले आज(शुक्रबार)साँझबाट बत्ती बल्ने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर सोवित बहादुर क्षेत्रीले बताए।

    च्यास्मिटार, टेम्मा, निर्मलीडाँडामा भोलीबाट मात्रै बत्ती बल्नेछ। तीन ठाउँलाई विराटनगरबाट ट्रान्सफर्मर लिएर गाडी आउँदै छ । लाहान–जलजले ३३ केभी प्रसारण लाइनमा समस्या आएकाले हिजोआज बत्ती आउने जाने समस्या भएको क्षेत्री बताउँछन्।

    यस्तै, गत बुधबार राती १०ः३० बजे वर्षासँगै परेको चट्याङबाट हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सर्वधन राईको ४५ हजार बराबरको क्षति भएको थियो। चट्याङबाट मानवीय र चौपायामा भने क्षति पुगेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology