समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित एक घरमा चट्याङ पर्दा ४५ हजार बराबरको क्षति भएको छ।
स्थानीय सर्वधन राईको ढुंगा माटोले बनेको जस्ताको छानो भएको दुईतले घरमा जडान गरिएको एकवटा विद्युतको मिटर बक्स, तार, १०० भोल्टको ब्याट्री र विद्युतीय मिलको कन्ट्रोलर जल्दा उक्त क्षति भएको प्रहरीले जनाएको छ।
बुधबार राती वर्षा र हावाहुरीसहित १०ः३० बजे परेको चट्याङबाट राईको घरको पश्चिम दिशाको पहिलो तल्लाको गाह्रो चर्किएको छ। मानवीय र चौपायामा क्षति नभएको प्रहरीले जानकारी दिएको छ। हिजोआज पानी पर्दा चट्याङ समेत परिरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology