• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीलाई आधारभूत कम्प्युटर तालिम

प्रहरीलाई आधारभूत कम्प्युटर तालिम


समायोजन खबर
  • बिहिबार, असार २८ २०८१

  • समायोजन खबर खोटाङ, हिमालयन आईटी इन्स्टिच्युट खोटाङले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नम्बर ७ हलेसी गुल्ममा कार्यरत १५ जना प्रहरीलाई ४५ दिने निशूल्क आधारभूत कम्प्युटर तालिम दिएको छ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्टिच्युटको कार्यालय दिक्तेलमा गरिएको तालिमको बुधबार सोही इन्स्टिच्युटमा समापन गरिएको छ।
    तालिममा सहभागी जनपथ प्रहरीका सात जना र सशस्त्र प्रहरीका आठ जना प्रशिक्षार्थी प्रहरीलाई जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले प्रमाणपत्र प्रदान गरेर तालिमको समापन गरिएको हो।

    तालिमको सहजीकरण इन्स्टिच्युटका कर्मचारी रामबाबु ठाकुरले गरेका थिए। कार्यक्रममा प्रशिक्षक ठाकुर र घरेलु तथा साना उद्योग खोटाङका प्रमुख भेषराज खत्रीलाई सम्मानपत्र प्रदान गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology