समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार बिहान हाँटडाँडाबाट दिक्तेलबजार हुँदै सोल्मास्थित जनजागृति माविसम्म लार्भा खोजी गरी नष्ट गर्दै पानी जमेका खाल्डाखुल्डी र टायरहरुको पानी पोखेर कीटनाशक औषधि छर्किएको छ।
एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईवाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो डेंगु।
एक्कासी उच्च ज्वरो आउनू, असाध्यै टाउको दख्नू, आंखाको गेडी तथा पछिल्लो भाग दुख्नू, ढांड जोर्नी तथा मांसपेशीहरु दुख्नू, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुको लक्षण हो।
डेगुबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने र सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख जीबन चौलागाँईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology