समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।
चालू आर्थिक वर्ष २०८०/२०८१ मा १६ महिनादेखि ५९ महिना उमेर समूहका ६९० जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि जेष्ठ ३१ गते पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।
पालिकाभरी घरधुरी सर्वेक्षण गर्दा ऐंसेलुखर्कमा दुई जना र राखाबाङ्देलमा शुन्य डोजको एक जना बालबालिका भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामकाजी नेपालले बताए। खोप छुटेका बालबालिकालाई तालिका मिलाएर १३ किसिमको खोप दिईएको छ।
गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईको अध्यक्षतामा सभाहलमा सम्पन्न पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवंम जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायतको उपस्थिति थियो।
यसअघि, साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology