समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि बैशाख महिनासम्म सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरेको हो।
किरात कोशी संञ्चार प्रालिको संयोजन तथा सहजीकरणमा सोमबार दिउँसो गाउँपालिकाको प्राङगणमा भएको सार्वजनिक सुनुवाईमा चारजना वक्ताले गाउँपालिकाको सेवा प्रवाह, सुशासन, पारदर्शीता, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, बाँदर आतंक, सडकलगायतका विकासको विषयमा प्रश्नहरु उठाएका थिए।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई र शिक्षा शाखका कर्मचारी राजकुमार खड्काले जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाईमा नागरिकको उपस्थिति भने न्युन रहेको थियो। सामाजिक सञ्जाल तथा वडामार्फत सार्वजनिक सुनुवाई कार्यक्रम हुने बारेमा सूचना प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ। 
स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने व्यवस्था छ। तर, यहाँको दश स्थानीय तहमध्ये छ वटा स्थानीय तहले सार्वजनिक सुनुवाई गरेका छैनन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology