समायोजन खबर खोटाङ, भुसिया कुुकुरको बिगबिगी बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको भुसिया कुकुरको बन्ध्याकरण गराएको छ।
दिक्तेलबजारका भुसिया कुकुरलाई जेष्ठ १० गते साँझ र शुक्रबार आज बिहानभरी समाएर हाटडाँडामा क्याम खडा गरेर बन्ध्याकरण गराएको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका सह–प्राध्यापक डाक्टर मनोज शाहको नेतृत्वमा आएको पाँचजना विज्ञसहित २१ जनाको टोलीले कुकुरको बन्ध्याकरण गरेका हुन्।
कुकुरले बजारमा धेरै मानिसलाई टोक्ने, बिहान क्याम्पस तथा विद्यालय पढ्न जाने विधार्थीहरुलाई आक्रमण गर्ने, बिहानै छुट्ने गाडीहरुमा चढ्न जादा आक्रमण गर्ने, साँझा र बिहानमा कुकुरकै कारण बजारमा हिड्नै नसक्नेजस्ता गुनासो आएपछि विज्ञको टोलि बेलाएर व्यवस्थित ढंगले बन्ध्याकरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए।
नगरपालिका श्रोतका अनुसार एकदिने बन्ध्याकरण शिविरमा ४० वटा कुकुरको बन्ध्याकरण गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले बैशाख १५ गते समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरपालिका र रामपुर चितवनले कृषि र वन क्षेत्रको विकास र संमृद्धिको काम थालेको हो।
https://www.facebook.com/samayojankhabar/videos/1406390533377196
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology