• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खुल्ला कविता प्रतियोगितामा १६ कविता छनौट

खुल्ला कविता प्रतियोगितामा १६ कविता छनौट


समायोजन खबर
  • मंगलबार, जेष्ठ १ २०८१

  • समायोजन खबर खोटाङ, ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गतको खुल्ला राष्ट्रिय कविता प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा हुने कविता प्रतियोगिताको तयारी पूरा भएको हो।

    जेष्ठ ३ गते हलेसीस्थित जाम्बाला रिसोर्टमा हुने कविता वाचन प्रतियोगिताका लागि रित पुगेका १६ जनाको कविता छनौट भएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।

    कविता वाचन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौंले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन्। कविता लेखन प्रतियोगितामा भाग लिन ५५५ रुपैयाँ शुल्क तोकिएको छ।कविता प्रतियोगिता कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, डा.कृष्णराज अधिकारी, मुन्दुम अध्येता भोगिराज चाम्लिङ लगायतका श्रस्टाको उपस्थिति हुनेछ। कविता वाचन प्रतियोगिताकै क्रममा कवि जसराज किरातीलाई रु ११ हजार १११ रुपैयाँसहित ताम्रापत्र प्रदान गरेर दोसल्ला ओढाई सम्मान गरिने जनाईएको छ।

    महोत्सव अन्तर्गत बैशाख ३१ गते २१ किलोमिटर हाफ म्याराथन, १५ वर्ष माथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौड, ३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौड सम्पन्न भईसकेको छ।

    छात्रतर्फको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौड, छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौड, आमा समुहको तीन किलोमिटर दौड, ६० वर्षमाथि पुरुषको १६०० मिटरको दौड पनि पूरा भईसकेको छ।

    महोत्सव अन्तर्गत नै खोटाङ कलाकार समाजको सह–आयोजनामा आगामी जेष्ठ ६ गते १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता र ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकसहित राष्ट्रिय कराते प्रतियोगिता हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology