• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आदिवासी जनजाति महासंघ अध्यक्ष शेर्पाको समितिलाई मगर र राईको समर्थन

आदिवासी जनजाति महासंघ अध्यक्ष शेर्पाको समितिलाई मगर र राईको समर्थन


समायोजन खबर
  • शनिबार, बैशाख २२ २०८१

  • रुपाकोट होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनका सहभागीहरु।

    समायोजन खबर खोटाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा दोर्जी शेर्पाको समितिलाई असन्तुष्टि पक्षले समर्थन जनाएको छ।

    बैशाख १९ र २० गते दिक्तेलस्थित समिक्षालय हलमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेका शेर्पा सर्वसहमत दोहोरिएपछि असहमति जनाएका तत्कालिन वरिष्ठ उपाध्यक्ष लाल बहादुर (एलबी) मगर र सचिव उदिम चाम्लिङले शनिवार राती विज्ञप्ति जारी गरेर समर्थन रहेको जनाएको हो।

    “फुर्वा दोर्जी शेर्पाको अध्यक्षतामा सर्वसहमतले निर्वाचन मण्डलले घोषणा गरेको समितिलाई मेरो समर्थन छ भनी सबैमा जानकारी गराउँदै कसैलाई भ्रममा नपर्नका लागि सम्पूर्णमा जानकारी गरिन्छ ।” मगर र राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
    निर्वाचन अधिकृत नारायणदास राईको नेतृत्वमा सदस्य सचिव डार्विन चाम्लिङ र ध्यान बहादुर राई निर्वाचन समितिले घोषणा गरेको समितिमा शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय परिषद गठन भएको थियो।

    समितिको वरिष्ठ उपाध्यक्षमा एलबी मगर, महिला उपाध्यक्षमा पदम कुमारी सैंजु र पर्शुराम तामाङ छन्। सचिवमा सप्तमणि राई, सह–सचिव तीनजनामा वीरेन गुरुङ र बाँकी दुई जना सह–सचिव मनोनित गरिने जनाईएको छ। कोषाध्यक्षमा किसन भुजेल रहेका छन्।

    सदस्यहरुमा रविन सुनवार, निर्मल राई, यादव श्रेष्ठ, चित्रकला भुुजेल, भुवन राई र संगीता राई रहेका छन्। दुईजना सदस्य जातियता संख्या र भुगोलका आधारमा मनोनित गरिनेछ। अधिवेशनमा किरात राई यायोक्खा, जिल्ला शेर्पा संघ, नेवा ध्ये दबु, मगर संघ, तामाङ घेदुङ, भुजेल सेवा समाज र तमु छेदीबाट दुई–दुई जना प्रतिनिधि सहभागी थिए।

    अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए। अधिवेशनको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको कार्यालय भवनका लागि थामखोरेडाँडामा निशुल्क आठ आना जग्गा दान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलकी पसलामु शेर्पालाई सम्मान गरिएको थियो।

    यस्तै, पहिचानको आन्दोलनमा अहोरात्र खट्ने क्रममा प्रहरीले नियन्त्रण गरी हिरासतमा समेत रहि थप पहिचानको आन्दोलनलाई मजबुत बनाउन खेलेको अतुलनीय भूमिकाको उच्च कदर गर्दै पहिचानवादी नेता गन्धमान राई, विजय राई, राजेश राई, उदिम चाम्लिङ राई र पूर्वमन्त्री गोपाल किरातीलाई सम्मान गरिएको थियो। पत्रकार चिसाङ शेर्पालाई पाँच हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology