• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा तीन दिन निशुल्क आँखा शल्यक्रिया शिविर हुने

दिक्तेलमा तीन दिन निशुल्क आँखा शल्यक्रिया शिविर हुने


समायोजन खबर
  • शुक्रबार, बैशाख २१ २०८१

  • आँखा शिविर सञ्चालन गर्ने तयारी बैठकपछि सामूहिक तस्विरमा आयोजक तथा सरोकारवाला।

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबजारमा तीनदिने निशुल्क आँखा शल्यक्रिया शिविर हुने भएको छ। नेत्र ज्योति संघ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा शिविर हुने भएको हो।

    आयोजक नेत्र ज्योति संघले शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा पत्रकार भेटघाट तथा छलफल गरेर आगामी बैशाख २९, ३० र ३१ गते आँखा उपचार केन्द्रकै भवनमा तीनदिने निशुल्क शिविर हुने जानकारी दिएको छ।

    शिविर सफल पार्न आज रेडक्रस, उद्योग वाणिज्य संघ, रम्बाखोला माझखोला खानेपानी आयोजना, पत्रकार, समाजसेवी, सरोकारवाला निकाय, संघसंस्थासँग तयारी बैठक बसेर जिम्मेवारी बाँडफाँड गरिएको नेत्र ज्योति संघका सभापति इन्द्र कसजुले बताए।


    शिविरमा बिरामी दर्ता तथा आँखा जाँच १ हजार २१८ जना, औषधि वितरण ७६० जना, मोतिविन्दु शल्यक्रिया १२० जना, शल्यक्रिया भएकालाई चश्मा वितरण १२० वटा, ज्येष्ठ नागरिकलाई दृष्टि चश्मा वितरण ७५० वटा, बालबच्चा ५० जना र फरक क्षमता भएका २५ जनालाई सेवा दिने लक्ष्य राखिएको छ।

    आँखा रोगबाट पीडितहरुलाई आँखा उपचार सेवामा केही गर्न सकिन्छ भन्ने लक्ष्यले २०६० बैशाख १० गते स्थापना भएको नेत्र ज्योति संघमा १०१ जना आजीवन सदस्य र २५ जना साधारण सदस्य छन्। संघको मातहतमा दिक्तेलमा र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालनमा छ।

    हालसम्म खोटाङमा २७ पटक भन्दा बढी निशुल्क आँखा शिविर सञ्चालन गरी दुई हजार ४१० जना भन्दा बढीको मोतिबिन्दुको सफल शल्यक्रिया, २५ हजार २०० जनाको नेत्र विशेषज्ञबाट आँखा जाँच गरिएको छ। दुई हजार ३०० जना ज्येष्ठ नागरिकलाई पढ्नका लागि पावर चश्मा र आवश्यकता अनुसार निशुल्क औषधि वितरण गरिएको पत्रकार भेटघाटमा जानकारी दिईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology