• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आगलागीबाट चार घर नष्ट

खोटाङमा आगलागीबाट चार घर नष्ट


समायोजन खबर
  • बुधबार, बैशाख १९ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको विभिन्न स्थानमा आगलागीबाट चार घर जलेर नष्ट भएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङ सामुदायिक वनमा बुधबार दिउँसो १ बजे लागेको डढेलोले स्थानीय पंन्चशेर राईको ढुंगा माटोले बनेको फुसको छानो भएको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

    आगलागीबाट घर, घरभित्रको काठपात, अन्नपात, लत्ताकपडा, भाडावर्तन र दैनिक प्रयोगका सामग्री जल्दा पाँच लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र चौपायमा क्षति छैन।
    आगोलाई स्थानीय र प्रहरी गरी ५०/६० जनाको सहयोगमा अपरान्ह ३ः ३० बजे पुर्णरुपमा नियन्त्रणमा लिईएको छ।

    यस्तै, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित खोप जंगलमा लागेको डढेलोका कारण पदम बहादुर अधिकारीको ढुंगा माटोले बनेको खरको छानो भएको एकतले दुईवटा घर र काठले बनेको खरको छानो भएको एकतले गोठमा आगलागी भएको छ।

    बुधबार मध्यान्ह १२ बजे लागेको आगोले अधिकारीको दुईवटा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र गोठ पुर्णरुपमा ज्लदा १० लाख ८५ हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र चौपायमा क्षति छैन।

    सोही आगोले हाल विराटनगर बसोबास गरिरहेका कुमार गेलालको ढुंगा माटोले बनेको खरको छानो भएको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology