समायोजन खबर खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिका–५ पौवासेरामा एकजना पुरुष मृत फेला परेका छन्। पौवासेरा मुत्ताङका ४५ वर्षीय कमल बहादुर मगर मृत फेला परेका हुन्।
आईतबार साँझ आफ्नो खेतबाट परालको भारी बोकी घरतर्फ फर्किने क्रममा देबिस्थानस्थित खोल्सामा रहेको असारेको रुखमा आफूले बोकेको परालको भारीको नाइलनको डोरी पासो लगाई मगरले झुण्डि आत्महत्या गरेका हुन्।
साँझ ७ः४५ बजे आत्महत्या गर्न खोजेको अवस्थामा उनकै श्रीमती खेतबाट बाख्रा लिएर घर आउने क्रममा देखि स्थानीय मानिस र घर परिवारलाई बोलाई डोरी काटि भुईमा झारेर उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology