समायोजन खबर खोटाङ, खोटाङमा एकजना महिला मृत फेला परेका छन्। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी २७ वर्षीया निरकला राई आफ्नै घरमा मृत फेला परेकी हुन्।
निरकलाले आईतबार साँझ ५ बजे आफ्नै दुई तल्ले घरको भुई तल्ला मुनि निदालमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
झुण्डि आत्महत्या गरेको खबर प्रहरी चौकी वाप्लुखामा आएपछि घट्नास्थलमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको प्रहरीले घट्नास्थल सुरक्षित राखेको र थप अनसन्धान तथा कानुनि प्रक्रियाका लागि ईलाका प्रहरी चौकी खोटाङबजारबाट प्रहरी निरीक्षकको टोली खटेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology