• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२९ विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण

२९ विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण


समायोजन खबर
  • शनिबार, चैत्र १७ २०८०

  • ल्यापटप वितरण गर्दै केपिलासढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, प्रशासकीय अधिकृत बोम बहादुर परियार।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका २९ वटा आधारभूत विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ।

    राष्ट्रिय योजना आयोगको आईसीटी एजुकेशन एण्ड डिजिटल क्लास रुम कार्यक्रम अन्तर्गत विद्यालयलाई एक–एक थान ल्यापटप र प्रिन्टर वितरण गरेको हो।राष्ट्रिय योजना आयोगको विशेष अनुदान रकम भ्याटसहित २८ लाख ८१ हजार ५०० मा खरीद गरिएको ल्यापटप र प्रिन्टर शुक्रबार गाउँपालिकामा कार्यक्रमको आयोजना गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियारले वितरण गर्नुभएको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनानले जानकारी दिए।


    सामान्य फोटोकपी गर्न पनि बाक्सिलाबजार आउनुपर्ने बाध्यता भोगिरहेका विद्यालयहरुको समस्या समाधान गर्नलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। विद्यालयहरुको अनुरोधमा ल्यापटप र प्रिन्टर दिएका हौ। अब हस्तलिखित निवेदन नचलाउने भनेका छौ। ल्यापटप र प्रिन्टरले विद्यालयको पठनपाठनमा थप सहयोग पुग्नेछ। राई भन्नुभयो।

    माध्यमिक विद्यालयहरुलाई संघीय सरकारले आईसीटी कार्यक्रम अन्तर्गत ल्यापटप, प्रिन्टर दिईरहेको छ । तर, आधारभूत(कक्षा १–८)लाई दिएको पाईन्दैन । त्यसैले शिक्षाको जग बसाल्ने विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो।

    दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा केपिलासगढी गाउँपालिकाले पहिलोपटक आधारभूत विद्यालयलाई ल्यापटप, प्रिन्टर वितरण गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology