• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निक साइमनले जिल्ला अस्पताललाई दियो स्वास्थ्य सामाग्री

निक साइमनले जिल्ला अस्पताललाई दियो स्वास्थ्य सामाग्री


समायोजन खबर
  • बिहिबार, चैत्र १५ २०८०

  • जिल्ला अस्पताल परिसर।

    समायोजन खबर खोटाङ, निक साइमन इन्स्टिच्युटले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। विगत दश वर्षदेखि अस्पताललाई स्वास्थ्य सामाग्री र पाँचजना स्वास्थ्यकर्मीको सेवा सुविधा दिएर सहयोग गर्दै आएको निक साइमनले बुधबार झण्डै चार लाखको स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

    निक साइमनको वार्षिक सहयोग कार्यक्रम अन्तर्गत अस्पताललाई एकवटा बेबी वामर, एकवटा पोर्टएबल एईडी(मुटु अकास्मत बन्द हुँदा केही सेकेण्डमै सक्ड दिने मेशिन) लगायत १० प्रकारका सामाग्री सहयोग गरिएको निक साइमनको कोशी प्रदेश संयोजक शुसिल बस्नेतले जानकारी दिए।

    निक साइमनले ४० वटा सरकारी अस्पताललाई वार्षिक रुपमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ। अस्पताललाई चाहिने आवश्यक सामाग्री उहाँहरुले रिक्वेष्ट गर्नुहुन्छ। संयोजक बस्नेतले भने,“सहयोग गर्ने हाम्रो निश्चित वजेटबाट खरीद गरेर ती सामाग्री दिन्छौ। यो पटक तीन लाख ७७ हजार ११४ रुपैयाँको सामाग्री अस्पताललाई सहयोग गरेका हौ।”

    निक साइमनले विगत १० वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत एमडिजिपि एकजनाको आंशिक र मेडिकल अधिकृत एकजना, स्टाफ नर्स एकजना, एनेटस्थेसिया असिष्टेन्ट एकजना र बायोमेडिकल टेक्निसियन एकजनाको सम्पूर्ण सेवा सुविधा सहयोग गर्दै आएको छ।

    निक साइमन, अस्पताल विकास समिति र कर्मचारीबीच भएको त्रिपक्षीय सम्झौता अनुसार पाँचजना कर्मचारीको तलब लगायतका सेवा सुविधा निक साइमनले अस्पताल विकास समितिको खातामा  लगाईदिने गरेको छ। निक साइमनले राखेका पाँचजना कर्मचारीलाई अस्पतालले भत्ता लगायतका सुधिवा मात्रै उपलब्ध गराउँदै आएको छ।

    निक साइमन, अस्पताल विकास समिति र कर्मचारीबीचको सम्झौता २०८३ सालसम्म रहेको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख रुपेश संग्रौलाले बताए। सरकारी अस्पतालहरुलाई सुधार गर्ने लक्ष्यले निक साइमनले लामो समयदेखि सहयोग गर्दै आईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology