• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आँखा जाँच गरेर मनाईयो नेत्र ज्योति दिवस

आँखा जाँच गरेर मनाईयो नेत्र ज्योति दिवस


समायोजन खबर
  • मंगलबार, चैत्र १३ २०८०

  • समायोजन खबर खोटाङ, नेपाल नेत्र ज्योति संघ खोटाङले ४६ औं नेत्र ज्योति दिवस मनाएको छ।
    आँखा उपचार केन्द्र दिक्तेलमा मंगलबार निशुल्क आँखा जाँच तथा चश्मा वितरण गरेर दिवस मनाईएको हो।

    नेत्र ज्योति संघका पदाधिकारी, आजिवन सदस्य तथा दिवस मनाउन आउनु भएका अतिथिहरुको आँखा जाँच गर्दै आवश्यकता अनुसारको चश्मा वितरण गरेर दिवस मनाईएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो।
    आँखा जाँच भन्दा अगाडी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, उपमेयर विशन राई र जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले दिवसका अवसरमा शुभकामना दिनुभएको थियो।
    वडाध्यक्ष राई, जिसस प्रमुख राई लगायतले आँखा गराएका थिए। मानिसको सबैभन्दा संवेदनशील अंग आँखालाई बढ्दो प्रविधिसँगै सुरक्षा गर्नुपर्ने आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठले बताउनुभयो।आँखालाई सेभ गर्नका लागि प्रत्येक २० मिनेटमा २० सेकेण्ड रेष्ट गरेर २० मिटर टाढा हेर्नुपर्ने हुन्छ। प्रमुख श्रेष्ठले भने, ‘थ्री ट्वान्टीलाई अपनाएमा आँखालाई बढीभन्दा बढी सुरक्षित राख्न सकिन्छ।’

    https://www.facebook.com/samayojankhabar/videos/469962115358142

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology