• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलले क्षयरोगीको खोजी-खोजी उपचार गर्ने

दिक्तेलले क्षयरोगीको खोजी-खोजी उपचार गर्ने


समायोजन खबर
  • आइतबार, चैत्र ११ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षयरोगीको खोजी–खोजी उपचार गर्ने भएको छ। संघीय सरकारको वजेटमा क्षयरोग मुक्त नेपाल अभियानमाफर्त पालिका संयोजक नियुक्ति गरेपछि नगरले आफ्नो १५ वडामा लुकेर रहेका क्षयरोगीको खोजी–खोजी उपचार गर्ने भएको हो।

    नगरपालिकाको स्वास्थ्य शाखाले आईतबार नगरको सभाहलमा विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया गरेर क्षयरोग मुक्त नेपाल अभियानमाफर्त पालिका संयोजक विमल अधिकारी नियुक्ती गरेको र अब लुकेर रहेका क्षयरोगी तथा क्षयरोगको शंका लागेका सबैको खकार संकलन गरेर निशुल्क परीक्षण र उपचार गरिने जानकारी दिएको छ।

    नगरपालिकाले यसअघि भने पहिचान भएका क्षयरोगीहरुको मात्रै खकार संकलन, परीक्षण गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको थियो। तर, अब भने सबै स्वास्थ्य चौकीमार्फत जनशक्ति खटाएर टोलटोलमा खकार संकलन गर्ने र जिल्ला अस्पतालमा ल्याएर परीक्षण गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए। आचार्यका अनुसार स्वास्थ्य चौकी बुईपा, पाथेका र निर्मलीडाँडामा पनि खकारको परीक्षण गर्ने व्यवस्था छ।
    क्षयरोगी तथा संम्भावित क्षयरोगीको बेलुका खानापछिको र विहान उठ्ने वितिक्कैको खकार ल्याबकर्मीहरुले संकलन गरेर जाँच गर्न स्वास्थ्य चौकीमा ल्याउने र परीक्षण गर्ने गर्छन। शंका भएमा स्वस्फुर्त रुपमा सबैले खकार दिन सकिन्छ। जनस्वास्थ्य निरीक्षक आचार्यले भने, “खकार दिन र परीक्षण गर्न कुनै पैसा लाग्दैन।”

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीय तहहरुको नेतृत्व तथा अपनत्व विकास गरी क्षयरोग अन्त्यको प्रयासलाई दिगो रुपमा गति दिने उद्देश्यले सुरुवात गरेको ‘क्षयरोग मुक्त नेपाल अभियान’मा देशभरका १२५ वटा स्थानीय तहभित्र यस नगरपालिका समाबेश भएपछि क्षयरोग मुक्त नगर निर्माण गर्न ४ चैतमा नगर स्तरीय समिति गठन भएको थियो।

    नगर स्तरीय समिति गठनपछि वडा स्तरीय समिति गठन र सुक्ष्म योजना निर्माण गरेर संम्भावित क्षयरोगीको खकार नमूना परीक्षणको काम तीव्र गतिमा भईरहेको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए। उनका अनुसार नुनथलामा २२ र दिक्तेल सोल्मामा ५ जनाको खकार नमूना संकलन गरिसकिएको छ।

    चालू आर्थिक वर्षमा नगरभित्र १० जना क्षयरोगी पत्ता लागेको छ। हाल उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गरिरहेका छन्। क्षयरोगको औषधि स्वास्थ्य संस्थामा निशुल्क पाइन्छ। दुई हप्ता वा सो भन्दा बढी समय खोकी लाग्नु, छाती दुख्नु तथा साँझपख ज्वरो आउनु, खाना नरच्नु, कमजोर हुनु तथा दुब्लाउँदै जानु र खकारमा रगत देखिनु क्षयरोगका लक्षणहरु हुन्। यी लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गर्नुपर्दछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology