• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रुख ढालेर विधुत लाइनमा क्षति गर्नेेलाई २ लाख ५० हजार जरिवाना

रुख ढालेर विधुत लाइनमा क्षति गर्नेेलाई २ लाख ५० हजार जरिवाना


समायोजन खबर
  • शनिबार, चैत्र ३ २०८०

  • अर्खौलेको विजुलेमा रुख ढाल्दा क्षति पुगेको विधुत लाईन र पोल।

    समायोजन खबर खोटाङ, रुख ढालेर विधुतीय प्रसारण लाइनमा क्षति पु-याउनेलाई विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जरिवाना लिएको छ।

    भेनियर प्रयोजनका लागि अर्खौलेको विजुलेमा चैत १ गते रुख काट्ने क्रममा बुईपा सव–स्टेशनबाट ओखलढुंगा लगिएको ३३ केभी प्रसारण लाइनको हाइटेन्सन पोलमा क्षति पु-याउने तेह्रथुमको म्याङलुङ नगरपालिका–८ म्याङलुङका युवराज सैंजु र दिक्तेलका कृति कटुवालबाट २ लाख ५० हजार ८०९ रुपैयाँ जरिवाना लिएको हो।

    पछिल्लो समय काठ व्यवसायीबाट रुख ढाली विधुतीय संरचनामा क्षति पु-याउँदा विधुत सप्लाईमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ।

    जभाभावि रुख ढाल्ने र रुख विधुतको पोल तथा तारमा पर्दा क्षति पुग्नुका साथै ठूलो दुर्घट्ना हुने भएकाले रुख तथा बाँस काट्दा प्राधिकरणसँग समन्वय गर्न प्राधिकरणले आग्रह गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology