• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप २९ फागुनबाट दिईने

बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप २९ फागुनबाट दिईने


समायोजन खबर
  • शनिबार, फाल्गुन १९ २०८०

  • दादुरा–रुबेला खोप बारे जानकारी दिनुहुँदै जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाई।

    समायोजन खबर खोटाङ, खोटाङमा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाईका अनुसार आगामी फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अभियानकै रुपमा दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको हो।

    खोटाङमा चार हजार ८२ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको शनिबार स्वास्थ्य कार्यालयले सञ्चारकर्मी भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ। लक्षित बालबालिकालाई खोप दिन ३९२ केन्द्र तोकिएको छ। ती खोप केन्द्रमा दुई–दुईजना स्वयंमसेवक हुनेछन्।

    नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाले नियमित खोप अन्तर्गत दादुरा–रुबेला विरुद्धको खोप लगाई सकेको भए पनि यो अभियानमा अनिवार्य रुपमा खोप लगाउनु पर्नेछ। नियमित खोप लगाई सकेका बालबालिकाका परिवारले खोप लगाउन जाँदा पहिलाको खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने बताईएको छ।

    दुई नगरपालिका र आठ गाउँपालिकामा पूर्व तयारी छलफल सकेर स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाहरुलाई खोप दिन तयारी अवस्थामा बस्न भनिएको छ। २८ फागुनदेखि खोप केन्द्रहरुमा खोप ढुवानी गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

    दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गराउने भएकाले खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख चम्लागाई बताउँछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology