• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भिभिआईपी र भिआईपीले अवलोकन गरे ‘खोटाङ झल्कने जीवन्त चित्र’

भिभिआईपी र भिआईपीले अवलोकन गरे ‘खोटाङ झल्कने जीवन्त चित्र’


समायोजन खबर
  • बिहिबार, फाल्गुन १७ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाण्डौको संयुक्त आयोजनामा काठमाण्डौ बबरमहलस्थित आर्ट ग्यालरीमा भएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सकिएको छ।

    ५ फागुनदेखि १७ फागुनसम्म भएको चित्रकला प्रदर्शनीमा देशका भिभिआईपी(अति विशिष्ट व्यक्ति) र भिआईपी(विशिष्ट व्यक्ति)को उपस्थिति भएको थियो।राष्ट्रपति रामचन्द्र पौडेलले दीप प्रज्वलन र क्यानभासमा चित्र कोरेर हस्ताक्षर गरी उद्घाटन भएको चित्रकला प्रदर्शनीको सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, उपेन्द्र यादव, प्रकाशमान श्रेष्ठ र पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती लगायतका भिभिआईपी र भिआईपीहरुले चित्रकला अवलोकन गर्नुभएको छ।चित्रकला प्रदर्शनीमा नगरपालिकाको कला, संस्कृति र पर्यटन झल्कने गरी ५० देशका चित्रकारले तयार गरेको २१० वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकासहित अन्य नौ स्थानीय तहको धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थलहरुको जीवन्त रुपमा उतारिएको चित्र(क्यानभास) पनि राखिएको थियो।भिभिआईपी र भिआईपीहरुले अवलोकनपछि खोटाङको कला, संस्कृती र पर्यटनलाई विश्वसामू छिटोभन्दा छिटो जोड्नमा चित्रकला प्रदर्शनीले ठूलो टेवा पुग्ने बताउनुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो।

    प्रदर्शनीमा राखिएको २१० वटा चित्रलाई दिक्तेलमा ल्याई संग्राहलय बनाएर राखिने नगरपालिकाले योजना बनाएको छ।१७ असोजदेखि सुरु भई २१ असोजसम्म दिक्तेलमा भएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी तयार गरिएको चित्रलाई आर्ट ग्यालरीमा दोश्रो चरणमा प्रदर्शनी गरिएको हो ।
    लाइभ चित्र कोर्नलाई नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट चित्रकारहरु दिक्तेल आएका थिए। पहिलो चरणको कार्यशालामा १८ लाख वजेट खर्च भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology