समायोजन खबर खोटाङ, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो।
दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्वर शर्माले जानकारी दिनुभयो। अझै मृतकको पहिचान हुन सकेको छैन। घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ।
घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले बताउनुभयो। प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार गरिएको हो।
उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology