• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की


समायोजन खबर
  • मंगलबार, फाल्गुन १ २०८०

  • समायोजन खबर विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा उनले साझेदार छुटिएर जान सक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताएका हुन्।
    ‘कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन, उनले भने, बैङ्क डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेको छ।’
    महासंघको यो सभा प्रदेशको दिगो विकाशमा केन्द्रित हुन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए। ‘व्यवसाय गर्ने भन्दा नेता बढी भएको अवस्था छ, तपाईँहरू की राजनीति गर्नुहोस् कि व्यवसाय, दुई तिर हात हाल्यो भने सफल हुईदैन्।’ प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर प्रदेशबाट नै उद्योग दर्ता, नवीकरणलगायतको काम सुरु भइसकेको मुख्यमन्त्री कार्कीले बताएका छन्।
    ‘अलैँचीको व्यापार भारत मात्रै होइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ, उनले भने, कुनै पनि विषयमा दुःख दिने खालको निकास नखोजौँ, भारतमा मात्रै अलैँची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानलाई घाटा व्यहोर्नु पर्दछ।’
    श्रम सबै समान हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबैको सम्मान गर्नुपर्नेमा जोड दिए। ‘मानिसले आफ्नो क्षमताको श्रम बेच्दछ। विराटनगर भन्दा काठ्माडौं बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठ्माडौं भन्दा कतारमा बडी भयो भने त्यहाँ जान्छ। कतारभन्दा अमेरिका बढी भएमा त्यहाँ बेच्छ, श्रम बेच्न त पाइन्छ होला नि ? उनले भने, अनि विदेश गएका मानिसहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाएर तपाईँहरू पाटी चलाउनुहुन्छ।’
    मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको बताउँदै व्यवसाय प्रवर्धनका लागि सरकारले बनाउने नीतिमा दिगो विकासको अवधारणा अनुसार बनाउने बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology