• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिरामीलाई फलफूल वितरण गरेर प्रेस चौतारीले मनायो स्थापना दिवस

बिरामीलाई फलफूल वितरण गरेर प्रेस चौतारीले मनायो स्थापना दिवस


समायोजन खबर
  • सोमबार, माघ २२ २०८०

  • बिरामीलाई फलफूल वितरण गर्दै प्रेस चौतारी कोशी प्रदेश सह इन्चार्ज हरिबोल आचार्य र नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल लगायत।

    समायोजन खबर खोटाङ, प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति खोटाङले बिरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको छ।

    २६ औं स्थापना दिवसका अवसरमा सोमबार बिहान जिल्ला अस्पताल दिक्तेलमा उपचाररत १३ जना बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेर दिवस मनाईएको प्रेस चौतारी नेपाल खोटाङका उपाध्यक्ष राजन ठटालले जानकारी दिए।

    प्रेस चौतारी कोशी प्रदेश सह इन्चार्ज हरिबोल आचार्य, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, कोशी प्रदेश लेखा कमिटि सचिव ओमप्रकाश घिमिरे, जिल्ला कमिटी सचिव कुमार आचार्य, नेकपा एमाले दिक्तेल नगर कमिटी अध्यक्ष गोपाल आचार्यले बिरामीलाई फलफूल वितरण गरेका थिए।यस्तै, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँई लगायतले बिरामीलाई फलफूल वितरण गरेका थिए।
    प्रेस चौतारीले आज देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाईरहेको छ।हेर्नुहोस भिडियो समाचार

    https://www.facebook.com/samayojankhabar/videos/1146416099685795

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology