समायोजन खबर खोटाङ, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई नागरिकको पहुँच सम्म सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको छ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको निर्देशन अनुसार एकवटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई सिम र फोनसेट उपलब्ध गराईएको हो।
२४ सै घण्टा सेवाग्राहीलाई अत्यावश्यक परेको समयमा सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए। वितरण गरिएको फोन स्वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निमित्तको जिम्मेवारी पाएका स्वास्थ्यकर्मीसँग रहनेछ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको स्मार्ट फोन हस्तान्तरण गरेका छन्। स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको फोन नम्बरहरु यस प्रकार रहेका छन्।
९८५२८५२८१३ बाँझेच्यानडाँडा स्वास्थ्यचौकी साकेला–१
९८५२८५२८१४ आधारभूत स्वास्थ्य केन्द्र डाँडागाउँ साकेला–१
९८५२८५२८१५ साकेला आधारभूत अस्पताल साकेला–२ रतन्छा
९८५२८५२८१६ स्वास्थ्य चौकी खिदिमा साकेला–३
९८५२८५२८१७ सामुदायिक स्वास्थ्य इकाई साकेला–३ किवा
९८५२८५२८१८ आधारभूत स्वास्थ्य इकाई केन्द्र साकेला–४ मात्तिम
९८५२८५२८१९ स्वास्थ्य चौकी मात्तिम साकेला–५
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology