Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति रनिङ शिल्डको उपाधी पृथ्वी मावि बाक्सिलाले उचाल्यो

राष्ट्रपति रनिङ शिल्डको उपाधी पृथ्वी मावि बाक्सिलाले उचाल्यो


समायोजन खबर
  • शनिबार, माघ ६ २०८०

  • पालिकास्तरीय प्रतियोगितामा प्रथम भएको पृथ्वी मावि बाक्सिलालाई पुरस्कार वितरण गर्नुहुँदै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लगायत।

    समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकामा सम्पन्न पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पृथ्वी मावि बाक्सिलाले उचालेको छ।
    केपिलासगढी गाउँपालिकाको आयोजनामा बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा माघ ३ गतेबाट सुरु भई आज शनिबार सम्पन्न प्रतियोगितामा २३ स्वर्ण १० रजत ७ कास्य जितेर पृथ्वी मावि उपाधी उचाल्न सफल भएको हो।

    प्रतियोगितामा च्याम्पियन बनेको पृथ्वी माविले नगद ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन्। प्रतियोगितामा ३ स्वर्ण ६ रजत १० कास्यसहित जालपा मावि बाक्सिला दोश्रो र १ स्वर्ण ४ रजत २ कास्य ल्याएर सुर्य मावि सुङदेल तेश्रो भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख,शिक्षा अधिकृत सुरेन्द्र खनालले जानकारी दिए। सुक्रजित मावि १ स्वर्ण ३ रजत ल्याएर सान्त्वना भएका थिए।
    प्रतियोगितामा दोश्रो र तेश्रो भएका विद्यालयले क्रमशः४० हजार र ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्। यस्तै, प्रतियोगितामा एथलेटिक्सतर्फ सर्वोत्कृष्ट छात्राछात्र पृथ्वी माविका मनुषा राई र रोचक राई भए। भलिबलतर्फ पृथ्वी माविका छात्रा सुनिता खत्री र कुहुडाँडा माविका छात्र सरोज राई सर्वोत्कृष्ट खेलाडी भए। उनीहरुले ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन्।

    प्रतियोगितामा उत्कृष्ट मार्च पास गर्नेमा पृथ्वी मावि बाक्सिला र अनुशासित विद्यालयमा रेणुका मावि दिप्सुङ भए। यी दुई विद्यालयले नगद ५–५ हजारसँगै प्रमाणपत्र पाए। प्रतियोगितामा पालिकाभरीका आठ माविको सहभागिता थियो। प्रतियोगितामा सान्त्वना हुने विद्यालयसँगै अन्य सहभागी चार विद्यालयलाई आवतजावत र व्यवस्थापन स्वरुप २५–२५ हजार र सहभागिताको प्रमाणपत्र दिईएको छ।
    विजयी टिम तथा सर्वोत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष समिर राई लगायतले पुरस्कार वितरण गरेका थिए। तीन दिवसीय प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प र भलिबलमा एक/एक स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको सात लाखसहित आठ लाखमा पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिएको र यही बजेट जिल्ला र प्रदेश स्तरीय प्रतियोगितामा खर्च गरिने शिक्षा अधिकृत खनालले बताए। प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ। जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन।
    गतवर्ष भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिका प्रथम भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology