• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री गोपाल किरातीसहित १३ जना पहिचानवादी नेताहरु छुटे

पूर्वमन्त्री गोपाल किरातीसहित १३ जना पहिचानवादी नेताहरु छुटे


समायोजन खबर
  • आइतबार, पौस १ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङबाट पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किरातीसहित १३ जना पहिचानवादी नेताहरु रिहा भएका छन्।

    १७ फागुणमा प्रदेश नं.१ सरकारको प्रदेशसभाले प्रदेशको नाम कोशी प्रदेश राखेपछि चरणवद्ध आन्दोलन गर्ने क्रममा विभिन्न समयमा पक्राउ नेताहरु आईतबार साँझ छुटेका हुन्।

    रिहा हुनेमा पूर्वमन्त्री किराती,जसपा नेता एवंम् हलेसी तुवाचुङ युवा सह–संयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सह–संयोजक विजय राई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ छन्। उनीहरु पाँचजना जनही १–१ हजार धरौटीमा छुटेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।

    पूर्वमन्त्री किराती, राजेश, गन्धमान, विजय हलेसीबाट र चाम्लिङ नुनथलाबाट मंसिर २६ गते पक्राउ परेका थिए। उनीहरु प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आव्हान गरेको मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन सडकमा उत्रेका थिए।

    यस्तै, प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङ संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समिति सदस्यहरु संगीता किरात,लक्ष्मी राई, मेलिना राई, सोनामहाङ राई, सुनिल राई र उपार्जुन चाम्लिङ राई पनि आजै बिनाशर्त रिहा भएका छन्।

    उनीहरु प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेर अनुसार आज बिहान दिक्तेलबजारको रत्नपार्कमा यातायात बन्द गराउने क्रममा पक्राउ परेका थिए। पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै पहिचानवादी नेताहरुले आजै दिउँसो दिक्तेलबजारमा विरोध जुलुस समेत निकालेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology