समायोजन खबर खोटाङ,पहिचानवादी पक्षधरको यातायात बन्दका कारण खोटाङमा लामो तथा छोटो दुरीको यातायात ठप्प भएको छ।
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आज (शनिबार) र भोली (आईतबार) प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो।
सोही अन्तर्गत प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले आज बिहानैबाट सदरमुकाम दिक्तेलबजार रत्नपार्कको जिरोप्वइन्टमा बसेर यातायात ठप्प पारेका छन्। पहिचानवादी आन्दोलनकर्ताहरु ठाउँ-ठाउँमा बसेर मोटरसाइकल समेत चल्न दिएका छैनन्।
खोटाङमा प्रहरीले मन्त्री किरातीसहित जसपा नेता एवंम् हलेसी तुवाचुङ युवा सह संयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सह संयोजक विजय राईलाई हलेसीबाट र खोटाङकै नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका मन्त्री किरातीसहित ५ जनालाई अभद्र व्यवहार मुद्दामा प्रहरीले हिरासतमा राखेको छ।
पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहा गर्न भन्दै शुक्रबार संघर्ष समिति खोटाङका संयोजक युगसन किरातसहितका पहिचानवादीले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका थिए।
अन्य समयभन्दा आज यातायातका साधनहरु तुलनात्मक रुपमा कम चलेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ। बिहानै भोजपुरबाट आएका ५/६ वटा गाडीलाई स्कटीङमा गन्तब्यतर्फ पठाईएको छ। काठमाण्डौ तराई जाने भएमा आफू खुशी यातायात नचलाउन र प्रहरीलाई खबर गरेमा स्कटीङ गरेर गन्तब्यमा पठाईने डिएसपी खड्काले बताए।
संघर्ष समिति झापा संयोजक चौधरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा कालो झण्डा देखाएको आरोपमा बिर्तामोडबाट पक्राउ परेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology