• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशलाई बर्बादीबाट जोगाउन एमालेको सरकार आवश्यक : ओली

देशलाई बर्बादीबाट जोगाउन एमालेको सरकार आवश्यक : ओली


समायोजन खबर
  • मंगलबार, मंसिर २६ २०८०

  • समायोजन खबर खोटाङ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बर्बाद हुनबाट जोगाउन एमालेको सरकार आवश्यक रहेकोमा जोड दिएका छन्।

    मंगलबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    उनले आगामी चुनावमा एकल बहुमत ल्याएर एमालेले सरकार बनाउने लक्ष राखेको बताए। अध्यक्ष ओलीले देशमा राजनीतिक स्थिरता, विकास र सुशासनका लागि एमालेको सरकार अपरिहार्य भइसकेको बताए।

    विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्रको समस्या समाधान गर्ने काम एमाले बाहेकका जुनकुनै दलले जतिनै गठबन्धन गरे पनि सम्भव नभएको बताएका छन्।
    पहिचानको नाममा भावनामा बहकिन नहुने समेत बताएका छन्। राष्ट्रिय एकता र सबल राष्ट्रनिर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन्।

    संकल्प यात्रा १३ औँ दिनमा कोशी प्रदेशको जिल्ला उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुर आइपुगेको हो। यात्रा टोली आजै खाटाङको दिक्तेलमा बस्ने कार्यतालिका रहेको छ छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology