समायोजन खबर खोटाङ, प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको घुर्मीदेखि लेगुवाघाटसम्म अनिश्चितकाल यातायात बन्द गर्ने जनाएको छ।
१७ फागुणमा प्रदेश नं. १ सरकारको प्रदेशसभाले प्रदेशको नाम कोसी प्रदेश राखेपछि प्रदेशभरी चरणवद्ध आन्दोलन गरिरहेको संयुुक्त संर्घष समितिले मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द गर्नेे शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
यातायात बन्द जिल्ला–जिल्लामा रहेका संयुक्त संघर्ष समितिले गर्ने जनाईएको छ। त्यसभन्दा अघिल्लो दिन मंसिर २५ गते प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले मध्यपहाडी लोकमार्गको हलेसी, नुनथला, दिक्तेलमा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम गरी विरोध सभा गरिने तयारी रहेको प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले जानकारी दिए।
कोसी नामाकरण विरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिले कोसी प्रदेश नामाकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको आन्दोलनलाई खिसीटीउरी गरि पहिचान पक्षधरको आत्मासम्मानमा चोट पु-याउने व्यक्तिहरुलाई जिल्ला प्रवेशमा निषेध, कोसी प्रदेश लेखिएको बोर्ड हटाउने/मेटाउने कार्य निरन्तर गरिरहेकामा पुन नामाकरण गर्न थप दवावपूर्ण कार्यक्रमहरु संयुक्त संघर्ष समिति केन्द्रले तय गरेकाले बन्दको कार्यक्रम घोषणा गरिएको जनाईएको छ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले बन्द आव्हान गरेको दिन नै अर्थात मंसिर २६ गते नै ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओखलढुंगाको हर्कपुर आउने कार्यक्रम छ।
पत्रकार सम्मेलनमा देशभक्त समाजवादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समिति केन्द्रीय घटक समूहको नेतृत्वकर्ता गोपाल किराती, किरात राई यायोक्खाका केन्द्रयि महासचिव भिम राई, किरात समन्वय परिषदका प्रदेश अध्यक्ष रमेश राई र एकीकृत समाजावदी पार्टीका केन्द्रीय सदस्य कृष्ण चोङबाङले पहिचानका लागि संघर्षका कार्यक्रम गर्नु परेको बताएका छन्।
पत्रकार सम्मेलनमै जिल्लाबासीलाई जिल्ला बाहिर जान आउन परेमा मंसिर २५ गते १ बजेसम्म यात्रा गरिसक्न र एमाले भित्रका पहिचान पक्षधरलाई ओली आउने कार्यक्रममा नगईदिन आग्रह गरेको छ।
पहिचानको आन्दोलन कुनै पनि पार्टी विरुद्ध नभई ८२ सांसद विरुद्ध भएको तर, एमाले पहिचानको विरुद्ध जोरी खोज्दै आएकाले प्रतिरोध गर्नु परेको जनाईएको छ। एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने एकीकृत समाजावदी पार्टीका केन्द्रीय सदस्य चोङबाङले बताए। ओली आउने दिनकै बन्द आव्हान संयोग नभई जानेरै बन्द गरिन लागिएको चोङबाङको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology