समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो मातहतमा रहेका ५ वटा सामुदायिक विद्यालयलाई डेस्कटप कम्प्युटर वितरण गरेको छ।
नगरपालिकाले नगरको सभाहलमा कार्यक्रम गरेर विद्धोदय आधारभूत विद्यालय छिताताल दोर्पा, जनजागृती आधारभूत विद्यालय नेर्पा, शारदा आधारभूत विद्यालय लफ्याङ र सहकला आधारभूत विद्यालय बुइपालाई डेस्कटप कम्प्युटर वितरण गरेका हो।
आकाशे पानी संकलन गरी शुद्ध पानी खुवाउने वेष्ट पानी संस्था काठमाण्डौका संस्थापक गोकुल दाहालको पहलमा काठमाण्डौ डल्लु निवासी समाजसेवी मनोज श्रेष्ठले उपलब्ध गराएको ५ वटा कम्प्युटरमध्ये मंगलबार आज ४ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको र जालपा आधारभूत विद्यालय खार्मीका शिक्षक तथा प्रतिनिधि नआएकाले खार्मीलाई २–४ दिनमा वितरण गरिने नगरपालिकाले जनाएको छ।
गुणस्तरीय शिक्षा र प्रविधियुक्त शिक्षामा विधार्थीहरुलाई जोड्न समाजसेवी श्रेष्ठले उपलब्ध गराएको कम्प्युटर नगरप्रमुख तीर्थराज भट्टराई, उपमेयर विसन राई लगायतले वितरण गर्नुभएको थियो। श्रेष्ठले उपलब्ध गराएको डेस्कटप कम्प्युटर प्रतिगोटा ३ लाख मूल्य पर्ने बताईएको छ।
कम्प्युटर हस्तान्तरणपछि मेयर भट्टराईले कम्प्युटरमा माकुराको जालो लगाएर हैन विधार्थीलाई प्रविधि सिकाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो। सहयोगी दातालाई नगरपालिकाले धन्यवाद दिएको छ। दाताहरुलाई पछि सम्मान गरिने नगरपालिकाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology