• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्ततः बिहान ७ बजेबाट मात्रै लाग्न थाल्यो दिक्तेलमा साप्ताहिक हाटबजार

अन्ततः बिहान ७ बजेबाट मात्रै लाग्न थाल्यो दिक्तेलमा साप्ताहिक हाटबजार


समायोजन खबर
  • शनिबार, मंसिर ९ २०८०

  • हाटबजारको अनुगमन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ताकेतापछि सदरमुकाम दिक्तेलबजारस्थित हाँटडाँडामा लाग्ने साप्ताहिक हाटबजार बिहान ७ बजेबाट मात्रै लाग्न थालेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडामा लाग्ने साप्ताहिक हाट अन्य समयमा बिहान ४ बजेदेखी लाग्ने र कृषकको उत्पादनलाई बिचौलियाले सस्तोमा खरीद गरी महङगोमा विक्रीवितरण गर्ने गुनासोपछि नगरपालिकाले एक्सन लिएर अब भने बिहान ७ बजेबाट मात्रै हाटबजार लाग्ने बनाएको हो।हाटबजारको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार,डिएसपी पुरुषोत्तम खड्का लगायत।

    त्यसका लागि नगरपालिकाले प्रशासन र प्रहरीसँग समन्वय गरेर पटक–पटक बजारको अनुगमन गरेको थियो। सुरुमा नगरप्रमुख तीर्थराज भट्टराई, उपमेयर विसन राई, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्का, दिक्तेलका वडाध्यक्ष नवराज राई, नगरको कृषि शाखा प्रमुखले अनुगमन गरेका थिए।

    त्यसपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षकले बजारको अनुगमन गर्दै बजारलाई बिहान ७ बजेबाट मात्रै लगाउन माईकिङ गरेको थियो।  पुनःआज (शनिबार) बिहान ५ः२५ मा नगरप्रमुख भट्टराई र प्रहरी नायब उपरिक्षक खड्काको नेतृत्वमा बजार अनुगमन गरिएको थियो। अनुगमन गर्दै बिहान ६ बजेसम्म बस्दा एकजना व्यवसायी आएको र उहाँलाई पनि सम्झाएर ७ बजेबाट मात्रै सामान फिजाउन दिईएको मेयर भट्टराईले बताए।
    अन्ततः अबदेखि बिहान ७ बजेबाट मात्रै हाटबजार लाग्ने भएकाले दिक्तेल आसपास मात्रै नभई याम्खा, मात्तिम, ओख्रे, रतन्छा लगायतका स्थानबाट पनि हाटबजारमा सामाग्रीहरु ल्याएर विक्री गर्न मेयर भट्टराईले आग्रह गर्नुभयो।
    नगरपालिकाले तोकेको समयमा हाटबजार लाग्छ/लाग्दैन भन्नेमा नगर प्रहरीले साप्ताहिक रुपमा अनुगमन गर्नेछ। हाँटडाँडामा शनिबार र बुधबार हाटबजार लाग्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology