समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरकी समाजसेवी अनिला राईले खोटाङ जिल्लाभरीका माध्यमिक विद्यालयलाई नेपाली बैज्ञानिक महावीर पुनद्धारा लिखित पुस्तक निःशुल्क उपलब्ध गराउने भएकी छन्।
हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रही खोटाङ सेवा समाज दक्षिण कोरियाको सह–कोषाध्यक्ष रहेका राईले पुनद्धारा लिखित ‘सम्झना, सपना र अविरल यात्रा’ पुस्तक उपलब्ध गराउने भएकी हुन्।
जिल्लाभरीका १०१ माविलाई एक/एक थान, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा अवस्थित छेराडाँडा निमाविलाई एक थान तथा जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाको शिक्षा शाखामा रहने गरी एक/एक थान पुस्तक उपलब्ध गराईनेछ। ८६ हजार २६० रुपैयाँमा ११५ थान पुस्तक खरिद गरिएको हो।
समाजसेवी राईले उपलब्ध गराउने पुस्तक वितरणमा खोटाङ सेवा समाज दक्षिण कोरियाले सहयोग गरिरहेको छ। खुल्ला रहेका विद्यालयहरुमा यतिबेला पुस्तक वितरणको काम भईरहेको छ। तिहारसम्म विदा भएका विद्यालयहरुमा खुलेपछि वितरण गरिने जनाईएको छ।
नेपाली बैज्ञानिक पुनद्धारा लिखित पुस्तक खरीद गर्दा उहाँको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुग्ने र भविष्यको कर्णधार विधार्थी भाईबहिनीहरुले पुस्तक पढ्न पाउन भन्ने उद्देश्यले खरीद गरिएका पुस्तकहरु विद्यालय र स्थानीय तहका शिक्षा शाखालाई निशुल्क उपलब्ध गराईएको समाजसेवी राईले बताईन्।
यो किताब विधार्थी भाईबहिनीका लागि प्रेरणाको श्रोत बन्नेछ। समाजसेवी राईले भने, ‘विधार्थीहरुलाई किताब पढ्नमा प्रेरित र सहजिकरण गरिदिन सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, पालिकाका शिक्षा शाखा, अभिभावक तथा सबैमा अपिल गर्दछु।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology